विश्वमा ७ करोड ८८ लाख बढी कोरोना संक्रमित निको भए
हेल्थ टिभी अनलाइन : विश्वमा हालसम्म ७ करोड ८८ लाख भन्दा बढी कोरोना संक्रमित निको भएका छन्। वर्ल्डोमिटरका अनुसार मंगलबारसम्म विश्वमा १० करोड ७० लाख ७ हजार ७३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये ७ करोड ८८ लाख ६७ हजार ५८८ जना निको भएका हुन्।
कोरोना संक्रमण भएकाहरुमध्ये लगभग ३ प्रतिशतको मृत्यु भएको जनाइएको छ । हालसम्म विश्वमा २३ लाख ३६ हजार ३३७ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट निको हुने दर ९७ प्रतिशत रहेको पनि वर्ल्डोमिटरले जनाएको छ ।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा मात्रै हालसम्म २ करोड ७७ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ लाख ७६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित