Health TV Online
Health TV Online
Health TV Online

पत्रकारलाई कोरोना विरुद्धको खोप दिइँदै : भोलिदेखि सिभिल अस्पताल गएर खोप लगाउन सकिने

पत्रकारलाई कोरोना विरुद्धको खोप दिइँदै : भोलिदेखि सिभिल अस्पताल गएर खोप लगाउन सकिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले भोलिदखि पत्रकारलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतका ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य अनुरुप अभियान शुरु गरेको भए पनि लक्ष्य अनुरुप खोप लगाउन नआएपछि बाँकी रहेको खोप सरकारले पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिने निर्णय गरेको हो ।

खोप लगाउनका लागि स्वास्थ्य मन्त्रालयले सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्रकारको विवरण उपलब्ध गराएर सहयोग गर्न भन्दै पत्राचार गरेको छ ।

भोलिदेखि शुक्रबारसम्म ५ दिनमा सबै पत्रकारले आफनो परिचय पत्र देखाएर सरकारले तोकेको सिभिल अस्पताल (निजामती कर्मचारी अस्पताल)  मिनभवनमा गएर कोरोना विरुद्धको खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो । सोही खोप सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई माघ १४ देखि लगाउन शुरु गरेको थियो । एघार दिनसम्म चलेको अभियानमा जम्मा १ लाख ८४ हजार ८५७ जनाले मात्र लगाएका थिए । जबकी सरकारले ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य लिएको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार