Health TV Online
Health TV Online
Health TV Online

आज पहिलो चरणको कोरोना खोप अभियानको अन्तिम दिन

हालसम्म १ लाख ७१ हजार ४८७ जनाले लगाए खोप

आज पहिलो चरणको कोरोना खोप अभियानको अन्तिम दिन

हेल्थ टिभी अनलाइन \काठमाडौं : पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान आज सम्पन्न हुने भएको छ ।

सरकारले माघ १४ गतेदेखि देशभर स्वास्थ्यकर्मी लगायतका कोरोना विरुद्धका फ्रन्टलाइनरलाई खोप दिने अभियानको शुरु गरेको थियो । १० दिनसम्म चल्ने भनिए पनि एक दिन थप गरी आव एघारौं दिनमा अभियान सम्पन्न हुने भएको हो । शुक्रबारसम्म देशभरका २०१ खोप केन्द्रबाट १ लाख ७१ हजार ४८६ जनाले कोरोना विरुद्धको खोप लिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना विरुद्धको खोप पहिलो चरणमा ४ लाख ३० हजार जनलाई दिने लक्ष्य अनुरुप खोप अभियान शुरु भएको थियो । अब दोस्रो चरणको खोप अभियान छिट्टै शुरु गर्ने र त्यसको जानकारी छिट्टै नै दिने मन्त्रालयले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार