Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज देशभर १०५ संक्रमित थपिए, दुई जनाको मृत्यु

आज देशभर १०५ संक्रमित थपिए, दुई जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  २ हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । उता कुल संक्रमितमध्ये २ लाख ६७ हजार ५६४ जना निको भएका छन्। यसैगरी पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएका संक्रमितसहित गरी देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।

हाल देशभर २ हजार १०८ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार