नेपालमा कोरोनाबाट निको हुने दर बढ्दै, ९८ प्रतिशत भन्दा बढी संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर निको हुने दर झण्डै ९९ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म नेपालमा कोरोना संक्रमण भएका ९८ दशमलब ४ प्रतिशत संक्रमित निको भएका छन्।
हालसम्म कोरोना संक्रमण भएका २ लाख ७१ हजार ६०२ जना मध्ये २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भइसकेका छन्। यो भनेको निको हुनेको दर ९८ दशमलब ४ प्रतिशत हुन आउँछ ।
यसैगरी हालसम्म देशभर २ हजार ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसको मृत्यु प्रतिशत शुन्य दशमलब ७५ प्रतिशत मात्र रहेको पाइन्छ ।
नेपालमा परापूर्व कालदेखि प्रयोग हुँदै आएको आयुर्वेद तथा जडिबुटीका कारण पनि मृत्युदर कम भएको आँकलन विज्ञहरुले गर्दै आएका छन्। यूरोप अमेरिका लगायतका विकसित देशहरुमा कोरोनाको मृत्युदर बढी हुँदा नेपालमा भने निकै कम पाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण