नेपालमा १ लाख ५८ हजार जनाले लगाए कोरोना खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियानमा १ लाख ५८ हजारभन्दा बढीले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार साँझ ४ बजेसम्म देशभरका २०१ खोप केन्द्रबाट १ लाख ५८ हजार ४८७ जनाले खाप लगाएका हुन्।
जसमध्ये प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २ज्ञ हजार १८५, बाग्मतीमा ५५ हजार ५०४ जनाले खोप लगाइसकेका छन्। यसैगरी गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८ जना, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिममा १० हजार ९०७ जनाले खोप लगाएका हुन्।
सरकारले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप दिन शुरु गरेको हो । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई खोप दिने लक्ष्य अनुरुप अभियान चलिरहेको छ । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण