Health TV Online
Health TV Online
Health TV Online

पहिलो चरणको कोरोना खोप अभियान शनिबारसम्म चल्ने

दर्तामा छुटेका स्वास्थ्यकर्मीले परिचय पत्र देखाएर पनि खोप लगाउन पाउने

पहिलो चरणको कोरोना खोप अभियान शनिबारसम्म चल्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान माघ २४ गते शनिबारसम्म चल्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार माघ १४ देखि शुरु भएको कोरोना विरुद्धको खोप यही शनिबारसम्म चल्नेछ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप सरकारले पहिलो चरणमा कोरोना विरुद्धको लडाइमा फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी एवं कर्मचारीलाई दिने निर्णय गरेको थियो । योसँगै सरकारले कारागारमा रहेका कैदीबन्दी एवं वृद्धाआश्रममा रहेका जेष्ठ नागरिकलाई समेत यो खोप प्रदान गरिएको छ ।

कोरोना विरुद्धको खोप लिनका लागि मापदण्ड अनुसार नाम दर्ता गराएका समूहलाई मात्र खोप दिइएकोमा आज स्वास्थ्य मन्त्रालयले यसलाई केही परिमार्जन गर्दै परिचय पत्रको आधारमा पनि स्वास्थ्यकर्मीलाई खोप दिने जनाएको छ । मन्त्रालयले नाम दर्ता गर्न छुटेका स्वास्थ्यकर्मीले नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिएर सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जनाएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार