Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा देशभर थपिए १७१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा देशभर थपिए १७१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १७१ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर जम्मा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । यीमध्ये २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा २ हजार २७७ मात्र रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार