नेपालले कोभ्याक्स अन्तर्गतको २२ लाख ५६ हजार डोज खोप पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप पाउने भएको छ ।
विश्व स्वास्थ्य संगठनले बिहीबार प्रकाशित गरेको अन्तरिम कोभ्याक्स डिस्ट्रिब्युसन फोरकास्टकाअनुसार गरिब मुलुक भएकाले नेपालले त्यति संख्यामा कोरोना खोप पाउने तालिका सार्वजनिक गरेको हो । कोभ्याक्स अन्तर्गत गरिब मुलुकहरुलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा खोप किनेर दिने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले विभिन्न संस्थासँग सहकार्यमा खोप खरिद गरी नेपाल लगायतका गरिब मुलुकहरुलाई दिने तयारी गरेको हो । त्यसो त नेपाललाई भारत सरकारले १० लाख डोज खोप अनुदान स्वरुप प्रदान गरेको छ र उक्त खोप लगाउने क्रम जारी छ ।
भारतले दिएको उक्त खोप सरकारले स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइनरलाई दिइरहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित