Health TV Online
Health TV Online
Health TV Online

थप १४२ जनामा कोरोना संक्रमण, २०६ जना निको भए

थप १४२ जनामा कोरोना संक्रमण, २०६ जना निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ जना पुगेको छ ।

यीमध्ये २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार