Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आईसीयूमा रहने संक्रमितको संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै

आईसीयूमा रहने संक्रमितको संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल आईसीयूमा उपचार गराउने कोरोना संक्रमितको संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा हाल ६४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । जबकी धेरै संक्रमित फेला परेको बाग्मती प्रदेशमा हाल जम्मा ३२ जना मात्र आईसीयूमा उपचाररत छन्। भेन्टिलेटरमा उपचार भइरहेका संक्रमित भने बाग्मतीमा ११ छन् भने गण्डकीमा ६ जना रहेका छन्। यसैगरी प्रदेश १ मा २ जना मात्र आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।

उता प्रदेश २ मा आईसीयू र भेन्टिलेटरमा उपचार हुने संक्रमितको संख्या शुन्य छ । लुम्बिनीमा २९ जना संक्रमित आईसीयूमा छन् भने ३ जना भेन्टिलेटरमा छन्। कर्णालीमा १\१ जना  आईसीयू र भेन्टिलेटरमा छन् भने सुदूरपश्चिममा आईसीयू र भेन्टिलेटरमा रहनेको संख्या शुन्य भएको छ ।

पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या घट्दै गएको भए पनि जोखिम कायम नै भएको मन्त्रालयले जानकारी दिंदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार