देशभर १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरस विरुद्धको खोप अभियानको सातौँ दिनसम्म आइपुग्दा देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका २०१ खोप केन्द्रबाट मंगलबारसम्म १ लाख २८ हजार ६५० जनाले खोप लगाएका हुन्।
जसमध्ये प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बाग्मती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७० जनाले कोरोना विरुद्धको खोप लिएका हुन्।
यसैगरी लुम्बिनी प्रदेशमा १७ हजार ९७९ जना, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिममा ८ हजार ९३६ जनाले खोप लिइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
सरकारले पहिलो चरणमा कोरोना विरुद्धको फ्रन्टलाइनमा खटिने ४ लाख ३० हजार जनालाई कोरोना विरुद्धको खापे दिने लक्ष्यका साथ माघ १४ देखि खोप अभियान शुरु गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण