Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारवाही गर्न माग गरेको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुको निन्दा गर्दै कारवाही गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ , ‘सामाजिक अभियन्ताको हवाला दिर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको यस प्रकारको अभद्र र अमानवीय क्रियाकलापमा संलग्न कुनै पनि व्यक्ति नागरिक अभियन्ता हुन नसक्ने र नागरिक अभियान्ताकै नाममा गुण्डागर्दी गर्ने अपराधिक मनोवृत्तिका जोसुकै व्यक्तिलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न यस संघ स्थानीय सुरक्षा निकाय तथा नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था सिर्जना गरी अराजक तत्वलाई  कारवाही गर्न माग गरेको छ ।

सोमबार भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ज्ञानेन्द्र शाहीको समूहले हातपात गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार