देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय
२४ घण्टामा १७१ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । यीमध्ये २ लाख ६६ हजार ८५९ जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज मृत्यु भएका संक्रमित सहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ । हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण