भारतमा कोरोना संक्रमितको संख्या घट्दै
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी ८ हजार ६३५ जना नयाँ संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन दिनदेखि लगातार त्यहाँ १५ हजार भन्दा कम संक्रमित देखिएका छन् भने मृत्यु दर पनि कम हुँदै गएको छ ।
कोरोना विरुद्धको खोप समेत लगाउन शुरु गरेको भारतमा हालसम्म ४० लाख भन्दा बढीलाई कोरोना विरुद्धको खोप दिइसकेको जनाइएको छ । भारतमा हालसम्म १ करोड ७ लाख ६६ हजार २४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नै १ लाख ६३ हजार ४८६ पुगेको बताइएको छ ।
भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर एक दशमलब ४४ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण