Health TV Online
Health TV Online
Health TV Online

कोरोना खोप अभियानको पाँचौ दिन : ८८ हजार बढीले लगाइसके कोरोना विरुद्धको खोप

कोरोना खोप अभियानको पाँचौ दिन : ८८ हजार बढीले लगाइसके कोरोना विरुद्धको खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियानको पाँचौ दिनसम्म आइपुग्दा ८८ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोप अभियान शुरु भएको पाँचौ दिनसम्ममा ८८ हजार ७ जनाले खोप लगाएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका १८५ खोप केन्द्रबाट आज ४ बजेसम्म ७७ वटा जिल्लामा ८८ हजार ७ जनाले खोप लगाइसकेका हुन् । जसमध्ये प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७ जना, बाग्मतीमा २८ हजार ६८३ जनाले खोप लगाएका छन्। यसैगरी गण्डकीमा १२ हजार ३११ जना, लुम्बिनीमा १० हजार ७६०, कर्णालीमा ५ हजार ५५६ जना र सुदूरपश्चिममा ६ हजार ८७७ जनाले खोप लगाएका हुन्।

मन्त्रालयले अबको ५ दिनभित्र पहिलो चरणमा खोप लगाउने मापदण्डभित्र पर्ने सम्पूर्णलाई नजिकको खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन आग्रह समेत गरेको छ । सरकारले खोप अभियान शुरु भएको १० दिनभित्र सक्ने लक्ष्य लिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार