Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तनहुँमा ९८ वर्षीय वृद्धले लगाए कोरोना विरुद्धको खोप

तनहुँमा ९८ वर्षीय वृद्धले लगाए कोरोना विरुद्धको खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना खोप अभियानको आज पाँचौ दिन । आज देशभरका विभिन्न खोप केन्द्रमा कोरोना विरुद्धको खोप दिइँदैछ ।

यही क्रममा आज तनहुँको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमका ९८ वर्षका अगमप्रसाद लामिछानेले पनि कोरोना विरुद्धको खोप लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई देवघाट स्वास्थ्य कार्यालय तनहुँले आयोजना गरेको खोप कार्यक्रममा तालिम प्राप्त स्वास्थ्यकर्मीले खोप दिएका हुन्। खोप लगाएपछि वृद्धमा कुनै स्वास्थ्य समस्या नदेखिएको पनि निर्देशनालयले जनाएको छ ।

सरकारले माघ १४ गतेदेखि देशभर कोरोना विरुद्धको खोप अभियान शुरु गरेको हो । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप दिने सरकारको लक्ष्य रहेको छ ।

फोटो – स्वास्थ्य कार्यालय तनहुँ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार