विश्वमा कोरोना संक्रमणबाट २२ लाख २९ हजार भन्दा बढीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट २२ लाख २९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म विश्वभर २२ लाख २९ हजार ४३९ जनाको मृत्यु भएको छ । यसैगरी १० करोड ३१ लाख बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । चीनबाट शुरु भएको कोरोना संक्रमणको बढी प्रभावित बन्ने अमेरिका भएको छ । अमेरिकामा मात्रै २ करोड ६६ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या नै ४ लाख ५० हजार भन्दा पुगेका छन्।
यता नेपालमा हालसम्म २ लाख ७० हजार ८५४ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण