Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा राम प्रसाद न्यौपाने निर्वाचित भएका छन्। मञ्चको चौंथो राष्ट्रिय अधिवेसनमा अध्यक्षका अर्का प्रत्यासी उद्धवराज भेटवाललाई पराजित गरेर न्यौपाने नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

यसैगरी मञ्चको उपाध्यक्षमा सरोज ढुंगेल र महासचिवमा भिषा काफ्ले निर्वाचित भएका छन्। ढुंगेलले अर्का प्रत्यासी अर्जुन अधिकारीलाई र काफ्लेले रिचा अर्याललाई पराजित गरेका हुन्। यसैगरी सचिवमा सञ्जिता खनालले अर्का प्रत्यासी रिया भण्डारीलाई पराजित गर्दै निर्वाचित भइन्। कोषाध्यक्षमा भने कमला गुरुङ निर्विरोध निर्वाचित भएकी छिन्।

यसैगरी सदस्यहरुमा बिना न्यौपाने, ज्योति अधिकारी, फातिमा बानु, स्नेहा कर्ण, सागर बुढाथोकी, महेश तिमल्सिना, तुलसा घिमिरे र सिर्जना बराल निर्विरोध चयन भएका छन्।

यसभन्दा अघि मञ्चमा कल्पना आचार्य अध्यक्ष थिइन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार