Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा दोस्रो दिन १ हजार ३३७ जनाले लगाए कोरोना खोप, केहीमा सामान्य लक्षण

सुदूरपश्चिममा दोस्रो दिन १ हजार ३३७ जनाले लगाए कोरोना खोप, केहीमा सामान्य लक्षण

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा बिहीबार एक हजार ३३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारदेखि खोप अभियान सुरु भएपछि दुई दिनसम्म खोप लगाउनेको संख्या दुई हजार ४१९ पुगेको छ । बिहीबार अछाममा दुई सय, बैतडीमा २२०, बझाङमा ९०, बाजुरामा १०८, डडेल्धुरामा १४० जनालाई खोप लगाइएको छ ।

यसैगरी, दार्चुलामा १२०, डोटीमा ११ं०, कञ्चनपुरमा ११० र कैलालीमा २३९ जनाले खोप लगाएका छन् । कैलालीको टीकापुर अस्पतालबाट १२० र सेती प्रादेशिक अस्पतालबाट ११९ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म खोप लगाइसकेपछि चार जनालाई सामान्य खालको प्रतिक्रियात्मक असर देखा परेको मन्त्रालयले जानकारी दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार