Health TV Online
Health TV Online
Health TV Online

बाँकेमा कोरोना संक्रमणबाट सिनियर अनमी रमा भारतीको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट सिनियर अनमी रमा भारतीको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं :बाँकेमा आज एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका टिटरिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको कोरोना संक्रमणका कारण आज उपचारका क्रममा मृत्यु भएको बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङले जनाएका छन्।

कोरोना महामारीमा शुरुका दिनदिनदेखि खटिएकी भारतीलाई माघ १३ गते कोरोना  संक्रमण भएपछि भेरी अस्पतालमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएर आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार