Health TV Online
Health TV Online
Health TV Online

कोरोना खोप अभियानको दोस्रो दिन : २८ हजार ७३२ जनाले लगाए खोप

कोरोना खोप अभियानको दोस्रो दिन : २८ हजार ७३२ जनाले लगाए खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियान शुरु भएको आज दोस्रो दिन देशभर २८ हजार ७३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बेलुका ५ बजेसम्म ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्। जसमध्ये प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४ जना, बाग्मतीमा ११ हजार ४६१ जनाले खोप लगाएका हुन्। यसैगरी गण्डकी प्रदेशमा ४ हजार ८५३ जना, लुम्बिनीमा २ हजार ३०३ जना, कर्णालीमा १ हजार ६७७ जना र सुदूरपश्चिममा २ हजार ४१७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्।

सरकारले हिजोदेखि पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान शुरु गरेको हो । जसमा कोरोना विरुद्धको लडाइँमा खटिएका फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीसहितका ४ लाख ३० हजारलाई खोप दिने लक्ष्य लिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार