डडेल्धुरामा नगरप्रमुख ओझाले लगाए कोरोना विरुद्धको पहिलो खोप
शेर भण्डारी \डडेल्धुरा : डडेल्धुरामा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। बुधबार अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको हो।
कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा सुरुमै खोप लगाएको नगरप्रमुख ओझाले प्रतिक्रिया दिए।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले पहिलो चरणमा एक हजार एक सय ३५ जनालाई खोप लगाइने जानकारी दिए। उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ।
बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ। प्रमुख श्रेष्ठका अनुसार कोरोना खोप आज स्वास्थ्य कार्यालय, डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय, अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र अमरगढी नगरपालिकाबाट कोरोनाका क्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने छ।
यस्तै भोली अर्थात १५ गते कोरोनाका क्षेत्रमा खटिएका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने छ भने १६ गते अजयमेरु र भागेस्वर गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी, १७ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी र १८ गते सबै छुट भएका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने उनले बताए।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशका लागि १६ हजार २ सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप सुदूरपश्चिम पुगेको बताए।
धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप नौँ वटै जिल्लामा पठाइसकिएको कार्कीले बताए। उनका अनुसार कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ।
प्रदेशका बाँकी ८ वटा जिल्लामा जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको जनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित