तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप दिइनेछ : प्रधानमन्त्री
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप प्रदान गरिने बताएका छन्।
प्रधानमन्त्री ओलीले आज बालुवाटारमा आयोजित कोरोना खोप अभियान शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन्। उनले आजबाट शुरु गरिएको कोरोना खोप अभियान ३ महिनाभित्रै सम्पूर्ण नेपालीलाई निशुल्क दिएर सम्पन्न गरिने प्रतिवद्धता जनाए ।
उनले अन्य खोप खरिदका लागि प्रक्रिया र छलफल अघि बढेको भन्दै सरकारले जसरी भए पनि आफना नागरिकलाई सुरक्षित बनाउनका लागि खोप उपलब्ध गराउने र खोप नपाएका कारण कसैको ज्यान जाने वातावरण आउन नदिने जनाए ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप आजबाट फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी लगायतका कर्मचारीलाई दिइने कामको शुभारम्भ भएको छ । यो चरणमा सरकारले ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य राखेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित