आजदेखि लगाइँदै कोरोना खोप : कसले लगाउन हुँदैन?
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियान सरकारले आज १० बजेबाट शुरु गर्दैछ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट गर्ने छन्।
उपत्यकाका ११ वटा अस्पतालबाट र सातै प्रदेशका अस्पतालबाट खोप अभियान एकैपटक शुरु हुने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना विरुद्धको खोप कसले लिन मिल्छ र कसले मिल्दैन भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले यसअघि नै मापदण्ड बनाइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनले गर्भवती, स्तनपान गराइरहेका आमा, कुनै पनि एलर्जी हुने समूह र एकपटक खोप दिंदा यसले रियाक्सन गरेमा यस्ता व्यक्हिरुलाई हाललाई यो खोप नदिइने बताए । यसैगरी १८ वर्ष मूनिकालाई पनि यो खोप दिइने छैन्। पहिलो खोप दिएको एक महिनापछि अर्को डोज दिइनेछ ।
तुरुन्त आमा बन्नका लागि योजना बनाइरहेका महिलालाई पनि यो खोप लिन नमिल्ने जनाइएको छ । खोप लगाइसकेपछि एलर्जी हुने, खोप लगाएको ठाउँमा चिलाउने, ज्वरो आउने, वान्ता हुने बेहोस हुने लगायतका लक्षण देखिन सक्ने भन्दै स्वास्थ्यकर्मीलाई तुरुन्त सम्पर्क गर्न उनले आग्रह समेत गरे । स्वास्थ्य संस्थामा नै खोप दिइने हुँदा केही समस्या परेमा तुरुन्त व्यवस्थानि गर्न सकिने डा गौतमले जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित