नेपालमा ३ हजार २४० सक्रिय संक्रमित, १३७ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल ३ हजार २४० जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये १३७ जना कोरोना संक्रमित आईसीयूमा १३७ जना र १९ जना भेन्टिलेटरमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्यांक अनुसार अझै पनि देशभरका विभिन्न अस्पतालमा १३७ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने १९ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रदेश १ मा २ जना संक्रमित आईसीयूमा रहेका छन्। भेन्टिलेटरमा भने संक्रमित छैनन्। उता प्रदेश २ मा हाल संक्रमित आईसीयू र भेन्टिलेटरमा छैनन्। उता बाग्मती प्रदेशमा ४२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेका छन्। गण्डकी प्रदेशमा ६७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा रहेका छन्। लुम्बिनी प्रदेशमा २४ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्
कर्णाली र सुदूरपश्चिममा १ १ जना आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शुन्य छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण