नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शुन्य दशमलब ७४ प्रतिशत रहेको छ । यसैगरी संक्रमण भएर निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर २ लाख ६९ हजार ४५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ती मध्ये २ लाख ६४ हजार १३७ जना निको भएका छन्। अहिले १४५ जना क्वारेन्टाइनमा छन् ।
त्यसैगरी ३ हजार ३१२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित