माघ १४ गतेदेखि कोरोना खोप लगाउन शुरु गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन्।
नेपाल सशस्त्र प्रहरीको २०औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले दिएको खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने जनाएका हुन्।
उनले पहिलो चरणमा कोरोना विरुद्धको लडाइँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलाई खोप दिने लक्ष्य सहित तयारी भएको समेत बताए ।
अहिले आएको खोप लगाउँदै गर्दा अन्यका लागि खोप खरिदको प्रक्रिया पनि अघि बढाइने उनले जनाए । खोप आइसकेको भए पनि जनस्वास्थ्यका मापदण्ड पालना भने गरिरहन पर्ने समेतमा उनले जोड दिएका थिए ।
भारतले हिजो मात्र १० लाख डोज कोरोना खोप नेपाललाई अनुदानमा दिएको थियो । अहिले त्यो खोप टेकुस्ति खोप भण्डारण केन्द्रमा राखिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण