पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको हिजो राती मृत्यु भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका १ की २५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । माघ ५ गते कोरोना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएको र उनको उपचारको क्रममा बिहिबार राती ९: ५६ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनमा कोरोना भाइरसको संक्रमणका कारण कडा खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । साथै उनमा क्रोनिक मिर्गौला रोग र उच्च रक्तचापको समस्या भएको समेत जनाइएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २०३ पुगेको निर्देशनालयले जनाएकाेछ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित