देशभर थप ३१८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं उपत्यकामा १४५ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यसैगरी हालसम्म २ लाख ६२ हजार ६४२ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज मृत्यु भएका सहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय ७५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण