आज राष्ट्रिय योग दिवस मनाइँदै
'गरौँ योग डटेर, कोभिड जान्छ हटेर'
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज माघ १ अर्थात राष्ट्रिय योग दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले एक साताभरी विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउँदैछ । यस वर्षको नारा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ ।
यो दिवस वि सं २०७२ सालदेखि मनाउन थालिएको हो । स्वस्थ जीवनयापनका लागि योग, प्राणायामलाई आफनो दैनिकी बनाउन जरुरी रहेको भन्दै विभागले विगत ६ वर्षदेखि योगको महत्व बुझाउनकै लागि यो दिवस मनाउँदै आएको छ । विभागका महानिर्देशक डा वासुदेव उापध्यायले नसर्ने रोगबाट बच्नका लागि एउटै मात्र उपाय भनेको जीवनलाई स्वस्थकर बनाउने तरिका र त्यसमा पनि योग एउटा अभिन्न अंग भएको जिकीर गरेका छन्।
आजै शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले दिवसको अवसर पारेर विशेष कार्यक्रम समेत आयोजना गरेको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै