आज राष्ट्रिय योग दिवस मनाइँदै
'गरौँ योग डटेर, कोभिड जान्छ हटेर'
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज माघ १ अर्थात राष्ट्रिय योग दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले एक साताभरी विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउँदैछ । यस वर्षको नारा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ ।
यो दिवस वि सं २०७२ सालदेखि मनाउन थालिएको हो । स्वस्थ जीवनयापनका लागि योग, प्राणायामलाई आफनो दैनिकी बनाउन जरुरी रहेको भन्दै विभागले विगत ६ वर्षदेखि योगको महत्व बुझाउनकै लागि यो दिवस मनाउँदै आएको छ । विभागका महानिर्देशक डा वासुदेव उापध्यायले नसर्ने रोगबाट बच्नका लागि एउटै मात्र उपाय भनेको जीवनलाई स्वस्थकर बनाउने तरिका र त्यसमा पनि योग एउटा अभिन्न अंग भएको जिकीर गरेका छन्।
आजै शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले दिवसको अवसर पारेर विशेष कार्यक्रम समेत आयोजना गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित