Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना खोप कोषमा योगदान गर्न स्वास्थ्य मन्त्रालयको आव्हान

कोरोना खोप कोषमा योगदान गर्न स्वास्थ्य मन्त्रालयको आव्हान

हेल्थ टिभी अनलाइन \काठमाडौं :  कोरोनाको खोप निःशुल्क वितरण गर्न भन्दै सरकारले दाता एवं अन्य निकायलाई सहयोग माग्दै सूचना जारी गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना खोप निशुल्क वितरणका लागि ठूलो रकम लाग्ने भन्दै सो कोषमा रकम जम्मा गर्नको लागि दातालाई अनुरोध गरेको हो ।

कोषमा योगदान गर्ने दाताहरुसँग समन्वय गर्दै जम्मा भएको रकमको परिचालन र खर्चको समीक्षा समेत गरिने सूचनामा उल्लेख छ । रकम जम्मा गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर समेत दिइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार