कोरोना संक्रमित नभएपछि नेपालगञ्ज मेडिकल कलेजको कोभिड वार्ड बन्द
हेल्थ टिभी अनलाइन \बाँके : कोरोना संक्रमितको उपचार गर्दै आएको बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजको कोभिड वार्ड बन्द गरिएको छ ।
केही दिनयता अस्पतालको कोभिड वार्डमा नयाँ संक्रमित भर्ना नभएकाले हाललाई कोहलपुरमा रहेको उक्त अस्पतालको कोभिड वार्डलाई बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताएका छन्। उनले भने, ‘अहिले अस्पतालको कोभिड वार्डमा एक जना मात्र संक्रमित हुनुहुन्छ त्यो पनि आजभोलि नै डिस्चार्ज हुने भएकाले अबदेखि सो कोभिड वार्ड बन्द गर्ने निर्णय भएको हो । ‘
उनले बाँकेमा केही समययता कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको भन्दै यस्तो निर्णय गरेको जनाए । उनले आवश्यक परेमा भेरी अस्पतालमा प्रसस्त बेड रहेको र अब सो अस्पतालबाट मात्र संक्रमितको उपचार गरिने समेत जिकीर गरे । भेरीमा पनि हाल ३० जना मात्र संक्रमित भर्ना छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?