आयुर्वेद विभागको साताव्यापी योग दिवस कार्यक्रम आजबाट शुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस वर्षको राष्ट्रिय याेग दिवस साताव्यापी रुपमा मनाउने भएको छ ।
माघ १ गते मनाइने राष्ट्रिय योग दिवसकावारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले योग र आयुर्वेदका विषयमा विभिन्न चरणका छफफल, अन्तरर्किया एवं योग अभ्यास गराउँदै एक सातासम्म यो दिवस मनाइने जनाए । उनले योग र आयुर्वेद भनेको नसर्ने रोग लाग्न नदिने एक किसिमको भ्याक्सिन जस्तै भएको भन्दै योग प्रणायाम एवं स्वस्थ जीवनशैली अपनाउने हो भने धेरै हदसम्म नसर्ने रोगबाट बच्न सकिने जिकीर गरे ।
कार्यक्रममा उनले आयुर्वेद, जडीबुटीले कोरोना संक्रमणका बेला बिरामीलाई धेरै अप्ठेरो हुन नदिएको र त्यही कारण नेपालमा मृत्युदर कम भएको पनि जनाए । उनले भने, ‘हुन त अहिले नै अध्ययन गरिएको छैन् तर हामीले प्राकृतिक रुपमा संक्रमितलाई राखेर जडीबुटी खान दिएर एवं योग, प्रणायाम गराएका संक्रमित अन्य संक्रमितको तुलनामा छिट्टै निको भएको पाइयो । यसले पनि के देखाउँछ भने हामीले दैनिक रुपमा भान्सामा प्रयोग गर्दै आएका बेसार, जिम्मु, ज्वानो, अदुवा लगायतका थुप्रै मसलाले संक्रमितलाई धेरै जटिलता हुनबाट जोगाएको हुनसक्छ, उनले थपे ।
योगकोबारेमा जनचेतना जगाउनका लागि विभागले विगत ६ वर्षदेखि माघ १ मा राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । यस वर्षको योग दिवसको नारा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने रहेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो