थप ४८८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट ५ हजार ३०९ जनाको कोरोनाको आशंकामा पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उता यहीबीच २ लाख ५८ हजार ९६८ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर ४ हजार ३७३ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्युभएकासहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त