स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘ढुक्क हुनुहोस् कोरोना खोप छिट्टै ल्याउँछौँ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन अघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री ह्दयेश त्रिपाठीले कोरोना विरुद्धको खोप छिटै आउने बताउँदै सबैलाई ढुक्क हुन आग्रह गरेका छन्।
उनले सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा आफू मन्त्रालयमा आएदेखि नै कोरोना खोप पहिलो प्राथमिकतमा रहेको र यसका लागि नीतिगत निर्णय समेत भइसकेकाले खोप छिटै आउने जनाएका हुन्। उनले भने, ‘अहिले मेरो प्राथमिकतामा तीन वटा कुरा रहेका छन्। पहिलो खोप, दोस्रो, आधारभुत ५ \१० र १५ बेडको अस्पताल निर्माण र तेस्रोमा कर्मचारी समायोजन ।
उनले यी कुरामा आफूले काम गरिरहेको समेत जिकीर गरे । कोरोना खोपका विषयमा उनले नेपालमा मात्र यो समस्या नभएर विश्वकै समस्या भएकाले कसरी ल्याउने कुन कम्पनीको ल्याउने भन्ने कुरा निक्र्यौल गर्न केही समय लागेको भन्दै यस विषयमा कुटनितीक पहल समेत भइसकेको र नागरिकले नि: शुल्क पाउने गरी खोप ल्याउने तयारीमा आफूहरु रहेको बताए । खोप प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
उनले खोप शुरुमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनर, दीर्घरोगी लगायतलाई प्राथमिकतामा राखेर लगाइने समेत जानकारी दिए । यसका साथै सो कामका लागि चाहिने मानव संसाधनको रुपमा ५ हजार स्वास्थ्यकर्मी एवं ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई १६ हजार खोप केन्द्रमा परिचालन गर्न सकिने उनको भनाई थियो ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त