होम आइसोलेसनमा बसेका २२ प्रतिशत संक्रमितलाई अस्पताल जान यातायातको समस्या : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले आफूहरुलाई आपतकालिन अवस्थामा यातायात पाउन समस्या भएको जनाएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले होम आइसोलेसना बसेका संक्रमितमा गरेको अध्ययनमा सहभागीमध्ये २२ दशमलब ६ प्रतिशत सहभागीले आफूहरुलाई घरमा रहेका बेला आपतकालिन अवस्थामा अस्पताल जानुपर्ने भएको र सो बेला यातायात पाउन निकै मुश्किल भएको जनाएका हुन्।
उता २० दशमलब ५ प्रतिशत संक्रमितमा कुनै न कुनै समस्या झेल्नुपरेको अध्यययले देखाएको छ । ४२ प्रतिशतलाई छुट्टै कोठाको व्यवस्थापन गर्न समस्या भएको, २६ प्रतिशतलाई छुट्टै शौचालयको समस्या, २० प्रतिशतलाई बाहिरबाट सामान ल्याउन समस्या भएको र १० प्रतिशत सहाभागीलाई औषधिसमेत ल्याउन समस्या देखिएको अध्ययनले जनाएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त