Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसम्बन्धी दुर्इ विधेयक पारित

स्वास्थ्यसम्बन्धी दुर्इ विधेयक पारित

काठमाडौं :सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक र ‘जनस्वास्थ्य विधेयक’ पारित भएका छन्। प्रतिनिधिसभाकाे शुक्रबारको बैठकमा यी दुर्इ विधेयक पारित भएका हुन्।

प्रतिनिधिसभामा दर्ता भएका ११ विधेयकमध्ये शुक्रबार सातवटा पारित भएकामा दुईवटा स्वास्थ्यसम्बन्धी हुन्।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक– २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमाथिकाे छलफलमा सांसद प्रेम सुवाल र दुर्गा पौडेलले  भाग लिए। उनीहरूले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष सुत्केरी बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था प्रष्ट हुनुपर्नेलगायत धारणा राखे।

यस्तै स्वास्थ्यमन्त्री यादवले नै पेश गरेकाे ‘जनस्वास्थ्य विधेयक, २०७५’ पारित गरियोस् भन्ने प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै सांसद सुवालले विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको गुनासो गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा