कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई दिइने, विवरण छिटो पठाउन विभागको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको खोप आएपछि पहिलो चरणमा कोरोना उपचारमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिइने भएको छ।
सोही बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २० गतेको निर्णय अनुसार सबै तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको विवरण पठाउन स्वास्थ्य सेवा विभागले पत्राचार गरेको छ । विभागले जारी गरेको पत्रमा भनिएको छ, ‘कोभिड १९ विरुद्धको खोप प्राप्त भैसकेपछि उक्त खोप कोभिड १९ को रोकथाम, नियन्त्रण उपचार र व्यवस्थापनमा अग्रपंत्तिमा प्रत्यक्ष खटिने सरकारी गैरसरकारी, नीजि अस्पताल स्वास्थ्य संस्था लगायत सबै प्रकारका सबै तहका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने हुँदा सो विवरण जतिसक्दो चाँडो पठाउनुहोला ।’
त्यसका लागि सूचनामा २ वटा इमेल ठेगाना पनि दिइएको छ । यसभन्दा अघि पनि सरकारले सूचना निकालेर आ आफनो संस्थामा कार्यरत स्वास्थ्यकर्मीको विवरण पठाउन पत्र काटेको थियो।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त