घट्दै संक्रमितको संख्या : देशभर ५०२१ सक्रिय संक्रमित, २१९ जना आईसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१ मात्र रहेको छ ।
संक्रमितको संख्या घट्दै जाने र संक्रमणमा परेकाहरु निको हुँदै गएपछि आइसोलेसनमा सक्रिय संक्रमितको संख्या घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ लाख ६४ हजार १५९ जनामा कोरोना पुष्टि भएकोमा २ लाख ५७ हजार २२९ जना निको भएको र १९ सय ९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा देशभर ५ हजार २६९ पीसीआर परीक्षण गर्दा जम्मा ५५४ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।
उता कोरोना संक्रमणमा परेर सिकिस्त भएर आईसीयूमा १८२ जना संक्रमितको उपचार भइरहेको छ । भेन्टिलेटरमा भने ३७ जना संक्रमित रहेका छन्। यसैगरी अहिले पनि १५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण