देशभर थप ५५४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ जना पुगेको छ । यीमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ९ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त