५१३२ जनाको पीसीआर गर्दा ४१२ जनामा कोरोना देखियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा देशभरमा रहेका प्रयोगशालामा ५ हजार १३२ जनाको कोरोना आशंकामा पीसीआर परीक्षण गरिएको थियो ।
योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । यीमध्ये २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टाा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ५८ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’