५१३२ जनाको पीसीआर गर्दा ४१२ जनामा कोरोना देखियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा देशभरमा रहेका प्रयोगशालामा ५ हजार १३२ जनाको कोरोना आशंकामा पीसीआर परीक्षण गरिएको थियो ।
योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । यीमध्ये २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टाा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ५८ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त