कोरोना संक्रमणबाट विश्वभर ६ सय बढी पत्रकारको मृत्यु
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमणबाट ६ सय भन्दा बढी पत्रकारको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ ।
स्विजरल्याण्डस्थित प्रेस इम्बलम कंपेन नामको एक संस्थाले गरेको अध्ययनका आधारमा यो रिपोर्ट बाहिर आएको हो । यसका अनुसार हालसम्म ५९ देशका ६०२ जना पत्रकारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
सबैभन्दा बढी लेटिन अमेरिकामा ३०३ जना पत्रकारको मृत्यु भएको बताइएको छ । एसियामा १४५ जना र यूरोपमा ९४ जना पत्रकारको मृत्यु भएको पाइएको छ । यसैगरी उत्तर अमेरिकामा ३२ र अफ्रिकामा २८ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।
उता भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेर ५३ जना पत्रकारले ज्यान गुमाइसकेका छन्। उता बंगलादेशमा ४१ र पाकिस्तानमा २२ जना पत्रकारको ज्यान गएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
उक्त संस्थाले पत्रकारहरु पनि स्वास्थ्यकर्मी जस्तै कोरोना संक्रमणको उच्च जोखिममा हुने भएकाले खोप लगाउने बेलामा पत्रकारलाई पनि उच्च प्राथमिकतामा राख्न जोड दिएको छ ।
एजेन्सीको सहयोगमा
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’