नेपालमा ९७.३ प्रतिशत कोरोना संक्रमित निको भए, मृत्यु हुनेको संख्या १८९९
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितमध्ये ९७ दशमलब ३३ प्रतिशत निको भइसकेका छन्। बुधबारसम्म २ लाख ६३ हजार १९३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उता गत वर्षको माघ महिना यता नेपालमा हालसम्म १८ सय ९९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन।् यो कुल कोरोना संक्रमितमध्येबाट शुन्य दशमलब ७२ प्रतिशत हो । अन्य देशको तुलनामा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको छ।
मन्त्रालका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ मात्र रहेको छ । यीमध्ये १९७ जना आइसीयूमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले सोलुुखुम्बु, डोल्पा र मुगु कोरोना संक्रमित शुन्य जिल्ला भएका छन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’