नेपालमा ९७.३ प्रतिशत कोरोना संक्रमित निको भए, मृत्यु हुनेको संख्या १८९९
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितमध्ये ९७ दशमलब ३३ प्रतिशत निको भइसकेका छन्। बुधबारसम्म २ लाख ६३ हजार १९३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उता गत वर्षको माघ महिना यता नेपालमा हालसम्म १८ सय ९९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन।् यो कुल कोरोना संक्रमितमध्येबाट शुन्य दशमलब ७२ प्रतिशत हो । अन्य देशको तुलनामा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको छ।
मन्त्रालका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ मात्र रहेको छ । यीमध्ये १९७ जना आइसीयूमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले सोलुुखुम्बु, डोल्पा र मुगु कोरोना संक्रमित शुन्य जिल्ला भएका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त