थप ४०९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
सक्रिय संक्रमितको संख्या ५ हजार १३३
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा देशभरका प्रयोगशालाबाट ६ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । यी मध्ये हाल २ लाख ५६ हजार १६१ जना निको भइसकेका छन्। उता पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय ९९ पुगेको छ ।
अहिले जम्मा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार १३३ मात्र रहेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त