नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९३ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण (कोभिड- १९) भएर मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण भएर थप ८ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट देशमा मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेदर अन्य देशको तुलनामा निकै कम रहेको छ । हाल नेपालमा कोरोना संक्रमण भएर हुने मृत्युदर जम्मा शुन्य दशमलब ७२ प्रतिशत रहेको छ । जबकी विश्वको कुरा गर्ने हो भने औसतमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ ।
अहिले नेपालमा ५ हजार २२५ जना सक्रिय संक्रमित मात्र आइसोलेसनमा रहेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण