नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९३ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण (कोभिड- १९) भएर मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण भएर थप ८ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट देशमा मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेदर अन्य देशको तुलनामा निकै कम रहेको छ । हाल नेपालमा कोरोना संक्रमण भएर हुने मृत्युदर जम्मा शुन्य दशमलब ७२ प्रतिशत रहेको छ । जबकी विश्वको कुरा गर्ने हो भने औसतमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ ।
अहिले नेपालमा ५ हजार २२५ जना सक्रिय संक्रमित मात्र आइसोलेसनमा रहेका छन् ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त