थप ५२२ जनामा कोरोना देखियो, देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । यी मध्ये ९७ दशमलब २९ प्रतिशत अर्थात २ लाख ५५ हजार ६६६ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा रहेका थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।
हाल देशभर ५ हजार २२५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त