थप ५२२ जनामा कोरोना देखियो, देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । यी मध्ये ९७ दशमलब २९ प्रतिशत अर्थात २ लाख ५५ हजार ६६६ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा रहेका थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।
हाल देशभर ५ हजार २२५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण