Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा ४०३ संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९

२४ घण्टामा ४०३ संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये हालसम्म २ लाख ५५हजार ५८ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनीहरुसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १८ सय ८५ पुगेको छ ।

उता नयाँ संक्रमित थपिने संख्या घट्दै गएपछि सक्रिय संक्रमितको संख्या पनि घटिरहेको छ । हाल देशभर जम्मा ५ हजार २८९ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार