देशभर थप ४२१ जनामा कोरोना देखियो, ६३७ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५४ हजार ४९४ जना संक्रमणमुक्त भइसकेका छन्।
उता पछिल्लो २४ घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या जम्मा ५ हजार ४८७ रहेको छ ।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?