सामुदायिक अस्पताल स्थानीय सरकारलार्इ हस्तान्तरण

तनहुँ : शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित फूलबारी सामुदायिक अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।
स्थानीय जनताको अनुदानबाट सञ्चालित अस्पताललाई शुक्लागण्डकी नगरपालिकाको स्वामित्वमा रहनेगरी हस्तान्तरण गरिएको हो। अस्पतालका अध्यक्ष शालिकराम भट्टराईले शनिबार अस्पतालको स्वामित्व शुक्लागण्डकी नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।
उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा बिरुवा गाउँपालिकाका सर्वसाधारणलाई समेत सेवा दिँदै आएको छ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद आशा कोइरालाले जनताको लगानीमा जुटाइएको सम्पत्ति सरकारलाई बुझाउनु उदाहरणीय कार्य भएको बताइन्। शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले अस्पताललाई १५ शय्याको बनाउन प्रदेश सरकारसँग समन्वय गरिने बताए।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने